प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट माघ २ बाट सुरु हुने
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै पियम कप माघ २ गतेबाट सुरु हुने जनाएको छ । टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो दिन एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । क्यानले पुरस्कार राशी भने खुलाएको छैन ।








प्रतिक्रिया राख्नुहोस्