जग्गा बेच्नेको सङ्ख्यामा वृद्धि, किन्नेको सङ्ख्यामा कमी
बारा । राष्टिय गौरबका आयोजना रहेको बाराको निजगढ र कोहल्बी दुई नगरपालिकाको चुलिएको घरजग्गा कारोबारमा ब्यापक कमी भएको छ ।
आयोजनाको अनिश्चिततासँगै राष्ट्र बैंकको नयाँ मौद्रिक नीति, जथाभावी कित्ताकाटमा रोकावट र स्थानीयले खेतकै मुल्य घडेरीमा तोकेपछि जग्गा किनबेच कमी भएको हो ।
दोस्रो विमानस्थलको चर्चाले उक्लिएको निजगढ र कोहल्बी नगरपालिकाका जग्गाहरु सस्तोमा समेत किनबेच हुन छाडेको स्थानीय कारोबारी बताउछन ।
कोरोना माहामारी अघि निजगढ र कोहल्बी दुई नगरपालिको खेतीयोग्य जमिन समेत अधिकतम २ लाख प्रतिधुरमा बिक्री हुदै आएको थियो भने हाल ५० हजार प्रतिधुरमा स्थानीय कृषकहरुबी किनबेच हुने गरेको छ ।
मालपोत कार्यालय सिमराको तथ्याङ्कमा गत चैत्र अघि ३ नगरपालिकाभित्र जग्गाको किनबेचमा प्रतिस्पर्धा जस्तै बनेको देखिन्छ । कारोबारमा शिथिलता आएसँगै राजश्वमा समेत कमी आएको मालपोत कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्