तपाईँ सुन्दै हुनुहुन्छः

भारतका विभिन्न राज्यमा वर्डफ्लु फैलिएपछि सिमानामा निगरानी

जनकपुरधाम । भारतको विभिन्न राज्यका जिल्लामा वर्ड फ्लुको संक्रमण देखिन थालेपछि नेपाल भारतको सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ ।

कुखुरा, चल्ला, पशु तथा अन्य पन्क्षीको चोरी पैठारीमा विषेश निगरानी बढाउनका लागि प्रदेश २ सरकारले पशुपन्क्षी निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवको अध्यक्षतामा प्रादेशिक र्यापिड रिस्पौन्स टिमको गठन गरेको छ ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्ले पाण्डेको अध्यक्षतामा सरोकारवाला निकायहरुको बैठकले भारतबाट वर्ड फ्लुको संक्रमण नेपाल प्रवेश गर्न नदिनका लागि सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ । यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा मन्त्रालयका पदाधिकारीका अतिरिक्त कुखुरा, दाना तथा चल्ला व्यवसायी, भेटेरिनरी काउन्सिलका पदाधिकारी, पाराभेटेरिनरीका पदाधिकारी, निर्देशनालय, पशुपन्क्षी तथा रोग अन्वेषण प्रयोगशाला, तथा सम्बन्धित जिल्लाका पशु क्वारेन्टाईन कार्यालयका प्रमुखहरु, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button