तपाईँ सुन्दै हुनुहुन्छः

वन फडानीमा संलग्न ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

महोत्तरी । जिल्ला अदालत महोत्तरीले सामुदायिक वन फडानीमा संलग्नहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । बर्दिवास नगरपालिका १ स्थित रमतेल डाँडा सामुदायिक वनक्षेत्र फडानीमा संलग्न तीन जनाको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

वन अतिक्रमण तथा फडानीमा संलग्न बर्दिबास नगरपालिका वडा नम्बर १ बस्ने लिलामणि आचार्य, कृष्णप्रसाद गौतम र सुनकोशी गाउँपालिका ४ बस्ने सन्दिप नेपालीको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।

वन अतिक्रमण तथा फडानीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले समेत छानविन अगाडी बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button