तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकभर २९ हजार ८ सय बढी सहकारी

काठमाडौं । सहकारी विभागले सातै प्रदेशमा रहेका सहकारी संस्थाहरुको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ ।

विभागले २०७७ साउनदेखि कार्तिक सम्म प्रदेश तथा स्थानीय तहहरुसँगको सहकार्यमा गरेको अध्ययनअनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु छन् ।

जसमध्ये संघीय सरकारमा एक सय २५, प्रदेश सरकारअन्तर्गत ६ हजार २ सय र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

यसअघि प्रकाशित विवरणअनुसार मुलुकभरी ३४ हजार ८ सय ३७ सहकारी संस्थाहरु रहेका थिए । कतिपय सहकारी एकीकरण भएका, कतिपय निष्क्रिय रहेका देखिएकाले सहकारी संस्थाहरुको यो तथ्यांक कायम भएको विभागद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

मुलुक संघीयतामा गइसकेपछि विभागले पहिलो पटक यो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button