मोटरसाइकल चोरी गर्ने २ पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाइकल मिति २०७६।०५।०६ गते काठमाण्डौ ठमेलस्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौँ बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल काठमाडौँ रानिवन बस्ने वर्ष
२४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सी.सी. को पल्सर मोटरसाइकलसहित पक्राउ
गरिएको छ । उक्त नम्वरको मोटरसाइकल मिति २०७७।०८।१४ गते काठमाण्डौ बनस्थलीबाट हराएकोले खोज तलास गरि पाउँ भनि राम कृष्ण ढकालले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए ।
उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको महाशाखाले जनाएको छ ।
महाशाखाले पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्