तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिला पत्रकार सम्मानित

रुपन्देही । क्रियाशील महिला पत्रकार डब्लु डब्लु जे रुपन्देहीले संघर्षशील महिला पत्रकार सम्मानबाट रुपन्देहीको दुईजना अग्रज महिला पत्रकारलाई सम्मान गरेको छ ।

सोमबार बुटवलमा आयोजित कार्यक्रममा अग्रज पत्रकार माया गौतम र दुर्गा पौडेललाई नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रदेशसभाका उपसभामुख कृष्णी थारु र बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पत्रकारद्धयलाई सम्मान गर्नुभएको हो ।

२०६९ सालमा रुपन्देहीमा स्थापना गरिएको डब्लुडब्लुजेले हरेक दुई–दुई वर्षमा एकजना अग्रज महिला पत्रकारलाई सम्मान गर्दै आएको छ । वृत्तचित्र प्रदर्शन गरी संकलन गरिएको रकमबाट स्थापना गरिएको अक्षयकोषबाट यसअघि अग्रज पत्रकार कमला कुवँर र इन्दिरा अर्याललाई सम्मान गरिसकिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले आवद्ध संघसंस्थाहरुको नेतृत्वको लागि सक्रिय भएर लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले महिला पत्रकारहरुको दक्षता वृद्धिका कार्यक्रममा उपमहानगरपालिकाको तर्फबाट सहकार्य र सहयोग हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button