खरको थुप्रोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु
बैतडी । बैतडीको सिगासमा खरको थुप्रोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिगास–३ साउनखेत निवासी मनबिर साउदका २ वर्षीय छोरी रेखा साउद रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आफ्नै घर पछाडिपट्टि राखेको खरमा उनकै जेठा छोराले आगो लगाउँदा निजको साथमा रहेकी रेखाको जलेर घटनास्थलमा नै मृत्यु भएका प्रहरीले जनाएको छ








प्रतिक्रिया राख्नुहोस्