तपाईँ सुन्दै हुनुहुन्छः

ईयू सदस्य राष्ट्र ब्रेक्जिट व्यापार सम्झौताप्रति सकारात्मक

ब्रसेल्स। यूरोपेली संघ (ईयू) सबै २७ सदस्य राष्ट्रले जनवरी १ देखि ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई आगामी जनवरी १ देखि लागू गर्ने विषयमा सकारात्मक सङ्केत मिलेकोे इयूका प्रवक्ताले सोमबार बताउनुभएको छ ।

ईयूको राजधानी ब्रसेल्समा रहेका सम्बन्धित मुलुकका राजदूतहरूले सम्झौतालाई सहमति दिएका र प्रक्रिया पूरा गरी उक्त सम्झौतालाई कार्यान्वयनमा लान सकारात्मक सङ्केत दिएका छन् ।

यसले बेलायतको ईयूबाट भएको बहिर्गमनपछि ईयूको एकल बजार नीति बेलायतका लागि बाध्यकारी हुने छैन तर अस्थायी रूपमा कररहित व्यापारका लागि कुनै अवरोध नरहने गरी मार्ग प्रशस्त गर्नेेछ ।

जर्मनीका तर्फबाट ईयू प्रमुखका प्रवक्ता सोबास्टियन फिस्चरले भन्नुभयो, “ईयू–बेलायत ब्यापार तथा सहकार्य सम्झौतालाई अस्थायी प्रयोजनका लागि ईयूका लागि विभिन्न मुलुकका राजदूतहरूको बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।”

सदस्य राष्ट्रहरूले योजना स्वीकृत गर्दा बेलायत र ईयू सदस्य राष्ट्रहरूबीच क्रस–च्यानल व्यापारको अवरोध रोक्न यो समयमै प्रभावकारी हुन अनुमति दिनेछ । यद्यपि सम्झौतालाई अझै पनि यूरोपेली संसदले पूर्वपक्षीयरूपमा अनुमोदन गर्नुपर्नेछ र सम्भवतः यो आगामी फेब्रुअरीको अन्त्यमा हुनेछ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button