तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कञ्चनपुर।कञ्चनपुरको बेलौरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर स्थित बेलौरी-कलुवापुर सडकखण्डमा आइतबार दिउँसो ट्याक्टरबाट खसेर घाइते भएका बेलौरी १० भुडाका २५ वर्षीय बहादुर रानाको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, बेलौरी १० भुडाकै २३ वर्षीय महेश रानाले चलाएको सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्याक्टरबाटै खसेर बहादुर रानाको मृत्यु भएको हो । चालक महेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button