तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका ४० सडक आश्रित मानिसको उद्दार

सप्तरी । सप्तरीका १२ महिलासहित ४० जना सडकमा आश्रित मानिसहरुको आज उद्दार गरिएको छ ।

सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत सप्तरी आइपुगेको मानव सेवा आश्रम हेटौंडाको टोलीले १२ महिला र २८ पुरुष गरी ४० जना सडक मानवको उद्दार गरेको हो ।

उद्दार गरिएकामध्ये १४ वर्षदेखि ८० वर्षसम्मका जेष्ठ नागरिक समेत रहेका छन् । उनीहरुलाई राजविराज नगरपालिका र रुपनी गाउँपालिका इन्सेक प्रतिनिधि मनोहर पोखरेल लगायतको सहयोगमा संरक्षणका लागि वीरगञ्ज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको कार्यक्रमका सचिव सुमन बर्तोलाले जानकारी दिनुभयो ।

पुस ७ गते मेचीबाट शुरु भएको कार्यक्रम महाकाली पुगेर माघ ७ मा सम्पन्न हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button