तपाईँ सुन्दै हुनुहुन्छः

मानवअधिकार उल्लंघनका घटनामा कडाईका साथ अनुसन्धान गर्न आग्रह

जनकपुरधाम । राज्य पक्षबाट मानवअधिकार उल्लंघनको घटनामा कमी आएकोमा अधिकारकर्मीहरुले खुशी व्यक्त गर्दै गैरराज्य पक्षबाट हुने मानवअधिकार उल्लंघनका घटनामा कडाईका साथ अनुसन्धान गर्न आग्रह गर्नुभएको छ ।

इन्सेकद्वारा मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व धनुषामा आज आयोजना गरिएको वार्षिक समीक्षामा अधिकारकर्मीहरुले केही मात्रामा अझै पनि मानवअधिकारको उल्लंघनका घटना भएकाले त्यसमा कडाईका साथ अनुसन्धान गरी दोषीमाथि कारवाहीका साथै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मानवअधिकार उल्लंघनको घटनाप्रति राज्य संवेदनशील भएको बताउदै गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनामा मिलापत्रगर्ने र गराउने सबैमाथि कडा कारवाही हुने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नंं २ का अनुसन्धान अधिकृत मनमाया रानामगरले मानवअधिकार उल्लंघनको घटनाप्रति मानवअधिकार आयोग गम्भीर भएको बताउँदै मानवअधिकारको विषयमा उजुरी नपरेका घटनामा पनि आयोगको दृष्टि तथा अनुसन्धान हुने गरेको बताउनुभयो ।

इन्सेकका प्रदेश नंं २ का संयोजक राजु पासवानले राज्य पक्षबाट अहिले मानवअधिकार उल्लंघनका घटनामा कमी आउनु सकारात्मक भएको बताउँदै गैरराज्य पक्षबाट पनि मानवअधिकार उल्लंघन भईरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button