बाँकेमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत बर्दियाकी कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेकी गुलरिया नगरपालिका वडा नम्बर ८ लक्ष्मणटोलकी ५८ बर्षीया महिलाको आज दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन मानव नेपालीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७३ जना कारोना संक्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्