तपाईँ सुन्दै हुनुहुन्छः

आज ९ सय ५२ जना सङ्क्रमणमुक्त, ७ सय ४३ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । आज देशभर ९ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।  यो सँगै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ४६ हजार ६ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तथ्याङ्क अनुसार ९६ दशमलव ३ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।
आज ६ हजार ५ सय ५९ पीसीआर परीक्षण गर्दा ४ सय ६४ पुरुष र २ सय ७९ महिला सहित ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।
देशभर ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित मध्ये ४ हजार १ सय १९ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै गम्भीर लक्षण देखिएका २ सय ४८ जनाको आई.सी.यु मा र ५० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ
कोरोना सङ्क्रमणका कारण आज थप ५ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button