स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा सञ्चारकर्मीहरूको जोड
कञ्चनपुर । कञ्चनपुरका सञ्चारकर्मीहरूले वैदेशिक रोजगारीबाट फर्किएका मजदुरहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
निड्स नेपालले बुधबार महेन्द्रनगरमा कञ्चनपुरका सञ्चारकर्मीहरूसँग सुरक्षित आप्रवाससम्बन्धी सवाल कार्यक्रममा सञ्चारकर्मीहरूले तीनवटै तहका सरकार मिलेर स्वदेशमै रोजगारीका अवसर जुटाउनुपर्ने बताएका छन् ।
कोभिड १९ का कारण भारत तथा तेस्रो मुलुकमा रोजगारी गुमाएका नेपाली मजदुरहरूको सुरक्षाका लागि सरकारी स्तरबाट रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने सञ्चारकर्मीहरूले आवश्यकता औल्याएका छन् ।
सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम सञ्चालन गर्न सके नेपाली मजदुरहरूको भारतप्रतिको मोह कम गर्न सकिने नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष बिष्णु अवस्थीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्