तपाईँ सुन्दै हुनुहुन्छः

संसद् विघटनमा प्रवासी नेपाली मञ्चको समर्थन

क्यालिफोर्निया।  विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधिसभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थित प्रवासी नेपाली मञ्च अमेरिकालगायत विभिन्न राष्ट्रका ३३ मञ्चको समर्थन छ ।

मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकाले ताजा जनादेश लिनका लागि हुने आमनिर्वाचनमा सहभागी हुन नेपाली जनसमुदायमा आग्रह गरिएको बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button