तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको हिलपार्कमा जीपलाइन शुरु

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित हिलपार्कमा पर्यटकीय र साहसिक खेलका रुपमा परिचित जीपलाइन साहसिक खेल आजबाट शुरु भएको छ ।

लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समुहको हिलपार्क र उत्तरको अर्को डाँडालाई जोड्ने गरी जीपलाइनको पूर्वाधार वनाइएको छ । वन उपभोक्ता समूहसंग सहकार्य गरी वाइल्ड वल्डर्स नेपाल प्रालिले साहसिक खेल सञ्चालनमा ल्याएको हो ।

आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरी सुरु गरिएको जीपलाइनको लुम्विनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले रुपन्देही धार्मिक, पर्यटकीय गन्तव्य रहेपनि अब खेल पर्यटकको रुपमा पनि विकास हुन थालेको बताउनुभयो ।

खेल पर्यटनको विकाससंगै पर्यापर्यटनको विकास गर्ने उद्देश्यले सामुदायिक वनसँग सहकार्य गरी साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याइएको वाइल्ड वल्डर्स नेपाल प्रालिका प्रवनध निर्देशक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जीपलाइनबाट सुन्दर बुटवलको अवलोकन गर्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ । डेढ करोडको लागतमा तयार भएको जीपलाइन ७ सय मिटरको रहेको छ । लुम्बिनीमा आउने पर्यटकहरुमध्ये साहसिक खेल खेल्न मन पराउनेहरुका लागि हिलपार्कको जीपलाइन आर्कषक बनाउन सकिने श्रेष्ठले बताउनुभयो ।

वाइल्ड वल्डर्स नेपाल प्रालिले जीपलाइन खेल साहसिक भएका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७ लाखको यात्रु विमा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button