तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु

फाइल तस्बिर

सप्तरी । सप्तरीमा माछा मार्ने क्रममा भएको विवादमा झडप हुँदा आइतबार एक महिलाको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका ३ कुशबाहा टोलकी ३५ वर्षीया गंगियादेवी मण्डलको घटना स्थलममा नै मृत्यु भएको र अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।

त्यसैगरी झडपमा सोही स्थानका जयनारायण मण्डल, सोबिन्द्र मण्डल, धिरज मण्डल र जोगिन्द्र मण्डल समेत घाइते भएका छन भने घाइतेहरुको उपचार कामना नसिंङ्ग होम सिरहाको लहानमा उपचार भइरहेको डीएसपी साहले जानकारी दिनु भयो ।

सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा नै दुवै पक्ष बीच झडप हुँदा बन्चरो, भाटालगायत सामग्री प्रयोग भएको र घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिइ र थप अनुसन्धान भइरहेको उनले डीएसपी साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button