‘आफ्नै घर परिवारबाट हिंसा अन्त्यको सुरुवात गर्नु पर्नेमा जोड’

बाँके । लैंगिक हिंसाको अन्त्य आफ्नै घर परिवारबाट हुनु पर्नेमा बाँकेमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
महिला कानून र बिकास मञ्च, लायन्स क्लव अफ नेपालगन्ज, लायन्स क्लव अफ नेपालगन्ज भेरी, लायन्स क्लव अफ नेपालगन्ज वाटरपार्क र सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेको संयुक्त आयोजनामा नेपालगन्जमा भएको सचेतनामुलक कार्यक्रमका वक्ताहरुले लैंगिक हिंसा अन्त्यको सुरुवात आफैबाट गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण गर्दै अधिकारकर्मी वसन्त गौतमले बाहिर ठुला ठुला भाषण गर्ने, कमल चलाउनेकै घरमा लैगिक हिंसाका घटना हुने गरेको तथ्य प्रस्तुत गर्दै आफु बदलिए मात्रै लैंगिक समानता र हिंसा अन्त्यमा सहयोग पुग्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष, सुनिल कुमार श्रेष्ठले समाजमा ब्याप्त पितृसत्तात्मक सोच र गलत सस्कारका कारण लैगिक असमानता र हिंसाका घटना हुने गरेकाले सोचमा परिवर्तन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा लैगिक हिंसाका कानूनी ब्यवस्था र न्यायिक प्रक्रियाका बारेमा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठका साथै उच्च बारका पूर्व अध्यक्ष अधिवक्ता लोक बहादुर शाह, अधिवक्ताहरु वसन्त गौतम, बिश्वजित तिवारी, बल बहादुर चन्दले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुख झंकर रावलले लैगिक हिंसा मानव अधिकार बिरोध कार्य भएकाले लैंगिक समानता कायम राख्न र हिंसा अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्