तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापामा  लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो उनीहरुलाई झापा गाउँपालिका–२ पञ्चमचोकबाट ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ बस्ने ३५ वर्षीय वेलबहादुर भुजेल, शिवसतासी –५ का २० वर्षीय देवराज ताजपुरिया र ६ का वर्ष २० का सन्तोष राजवंशी रहेका छन् । उनीहरुको साथबाट खैरो ब्राउनसुगर २.५ ग्राम फेला परेको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट स्कुटरसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध अनुससन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button