कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
धनगढी २ का ६५ वर्षीय पुरुषको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मङ्सिर १८ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा उपचाररत उनको बुधवार राति मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित व्यक्तिको मृत्यु सङ्ख्या २३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्