तपाईँ सुन्दै हुनुहुन्छः

सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियन बीचको सहकार्यलाई अझ बलियो बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा मंगलवार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री यादवले दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशस्तरीय तालीम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा सरकार रहेकोले त्यसमा महासंघको सहकार्यको अपेक्षा गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन,रोजगारदाता र नेपाल सरकारबीच त्रिपक्षीय सहकार्य हुनु पर्नेमा जोड दिएको छ ।

महासंघका नव निर्वाचित अध्यक्ष शेखर गोल्छाले नेपालको श्रम उत्पादकत्व दक्षिण एशियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नु आवश्यक भएकोमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button