तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा करारमा कर्मचारी भर्ना गर्ने मन्त्रिपरिषद्को निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा आवश्यक कर्मचारी भर्ना गर्ने निर्णय गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा ४३ जना र प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा ३२ जना कर्मचारीलाई करारमा भर्ना गर्ने निर्णय गरेको हो ।

पुँजीगत खर्च बढाउन र विकास निर्माणका कामहरू अघि बढाउन प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिनुभयो ।

दरबन्दी रहेका तर, उपस्थित नभएका कर्मचारीहरूलाई प्रदेश सरकारले आफै भर्ना गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

त्यस्तै आजको बैठकबाट अछामस्थित वैद्यनाथ धाम विकास समितिको गठन आदेश संशोधन गर्ने, कोभिड १९ रोगको नियन्त्रण रोकथाम र उपचारको लागि आवश्यक रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशका मार्गमा पर्ने डोटीमा झिग्राना देखी बिचपानी सम्मको १५ किलोमिटरमा जंगलसफारी तथा बनपथ निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन इआइए तयार गर्ने समेत प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button