तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले भोलि ११ बजे बोलाउनुभयो सर्वदलीय बैठक

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरुमा छलफल हुने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टरार्ईले जानाकारी दिनुभयो ।

सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाईरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु महत्वपूर्ण रहेको विश्लेषकहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button