सञ्चालनमा आएन पिसीआर मेसिन
महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो ।
प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च व्यवस्थापनका लागि यहाँ जनप्रतिनिधिसित पनि पटक/पटक छलफल भई विभिन्न समिति बने पनि सुदूरका पहाडी जिल्लाका प्रयोगशालामा धमाधम कोरोना परीक्षण भइरहँदा महेन्द्रनगरमा भने मेसिन थन्किएको छ ।
सुदूरपश्चिममा कोरोना परीक्षण र सङ्क्रमितको उपचारका लागि यहाँको तराईको जिल्ला कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अब्बल सावित भइरहँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको पुरानो महाकाली अस्पतालले भने मेसिन सञ्चालनमै ढिलाइ गरिरहेको छ ।
प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ । उहाँले बिएमएलटी चार जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्निसियन दुई जना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौँ तालीममा गएको बताउनुभयो ।
भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको जनाएको छ । नगरपालिकाको कोडिभ–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिको गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्