तपाईँ सुन्दै हुनुहुन्छः

बहुमूल्य जडीबुटीले मुल्य र बजार नपाउँदा कृषक समस्यामा

भोजपुर । भोजपुरको तिम्मा क्षेत्रका जडीबुटी कृषक जडिबुटीको पकेट क्षेत्र घोषणा भएपछि त्यहाँ उत्पादित विभिन्न जातका बहुमूल्य जडीबुटीले मुल्य र बजार नपाउँदा समस्यामा परेका छन् ।

जडीबुटीको बजार मूल्यका विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ ।

स्थानीयवासी जडीबुटी व्यवसायी मानबहादुर राईले बहुमूल्य जडीबुटीको खेती गरिरहेको तर बजार मूल्यको ज्ञान नहुँदा समस्या भएको बताउनुभयो ।

जडीबुटीको सङ्कलन तथा भण्डारणका लागि सरकारबाट व्यावहारिक ज्ञान तथा भण्डारण केन्द्रको स्थापना गर्नसके किसानलाई केही राहत हुने स्थानीय जडीबुटी व्यवसायी सङ्गम राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button