दुई वर्षभित्र हुलाकी राजमार्ग सञ्चालनमा आउने
विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
हुलाकी सडकको कामबारे आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनु भएको छ । पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराउनुभयो । उहाँका अनुसार झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको बताउनुभयो ।
रंगेलीको केही स्थानमा निर्माण डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पुर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो ।
मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरंग सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । ज्ञवालीले चालु आर्थिक वर्ष भित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उहाँले बताउनुभयो ।
सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्