तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सहायता सामग्री वितरण तथा रक्तदान

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका नवलपुरमा भएको कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री पनि वितरण गरिएको थियो ।

इन्द्रावती गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो कार्यक्रम सप्रोस नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घको सहयोग, इन्द्रावती गाउँपालिका अपाङ्ग सञ्जालको समन्वयमा भएको हो ।

कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको थियो ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रम तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री पनि वितरण गरिएको थियो ।

कार्यक्रममा ४१ जनालाई अपाङ्गता सहायता सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

वितरण गर्न बाँकी अपाङ्गता सहायता सामग्री इन्द्रावती गाउँपालिकाले जिम्मा लिएको छ ।

वितरण गरिएकोमा २२ थान वैशाखी, १९ थान सेतो छडी, ४२ थान पोषण युक्त खाद्यान्न सामग्री तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि सरसफाइको सामग्री रहेको थियो ।

उक्त कार्यक्रम को अवसर पारेर गाउँपालिकाले पालिका स्तरीय अपाङ्गता समन्वय समिति समेत गठन गरेको छ जसले अपाङ्गता को क्षेत्र मा पैरवी तथा सचेतना गराउन पहल गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button