तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

अछाम – कोभिड-१९ पश्चातकाे उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलसैनमा मनाइएको छ।

मंगलसैन नगरपालिका स्तरीय अपाङ्ग समितिले अपाङ्गता दिवसको अवसर पारी कार्यक्रम गरेको हो । नगरस्तरीय अपाङ्ग समन्वय समितिका अध्यक्ष रुद्र बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहोराले फरक फरक क्षमता भएका अपाङ्ग व्यक्तिहरूलाई सधैँ साथ सहयोग रहेको र अझै पनि उनीहरूको क्षमता लाई मध्यनजर गर्दै अगाडि बढ्न प्रेरित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्यायलगायत नगरस्तरीय अपाङ्ग समन्वय समितिका सम्पूर्ण पदाधिकारी, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button