वीरगंजमा ४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा रुघाखोकी, ज्वरो र स्वासप्रस्वास सम्बन्धी समस्या भएपछि उपचारका लागि आएका ५ जना विरामी मध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको ५ जनाको जिन स्पोर्ट परीक्षणको क्रममा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर ७ निवासी २७ बर्षीय पुरुष, वडा नम्बर ९ को २२ बर्षीय महिला, वडानम्बर ६ निवासी ६२ बर्षीय पुरुष र वडा नम्बर ११ निवासी ७० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. चौरसियाले बताउनु भयो ।
संक्रमण पुष्टि हुनेहरुको सिटी भ्यालु ३१ र ३२ रहेको प्रवक्ता डा.चौरसियाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्