बारामा बाँदर धपाउन यन्त्रको प्रयोग गरिँदै

बारा । बाँदरले अन्नबाली नष्ट र मानिसलाई आक्रमण गर्न थालेपछि जनहित उपभोक्ता समिति सिमरा बाराले बाँदर धपाउन बाँदर धपाउने यन्त्र ल्याएको छ ।
समुदायमा पसेर बाँदरले घरको समान, करेसाबारीमा लगाएको तरकारी र खेतमा लगाइएको अन्नबाली नष्ट गर्न थालेपछि बस्तीका बासिन्दाहरू आजित भएका छन् ।
करिब २ बर्ष अगाडि बाँदर नियन्त्रण गर्न समितिले सिन्धुलीबाट घाँस ल्याए पनि त्यो प्रभावकारी हुनु नसकेको जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बाँदर धपाउने उपायहरूको खोजी गर्ने क्रममा बाँदर धपाउने यन्त्र ल्याइएको उहाँले बताउनुभयो । मेसिन अहिले परिक्षणकालमै रहेकाले यसको पुुर्ण जानकारी आफुुहरुलाई हुनु नसके पनि विज्ञहरूले एक चोटि मेसिनको प्रयोग गरेपछि १०।१२ दिनसम्म बाँदर त्यस ठाउँ वरिपरि नआउने बताएको जानकारी दिनुभयो ।
नेपाल सरकारको कृषि ईन्जिनीयरिङ अनुसन्धान केन्द्रले बाँदर धपाउने यन्त्र तयार पारेको हो ।

जनहित उपभोक्ता समितिले तत्कालै सात वटा बाँदर धपाउने यन्त्र ल्याएको छ ।
उसले यस समिति मातहत रहेका चार वटा सामुदायिक बन उपभोक्ता समुहहरुलाई वितरण गर्ने जनहित उपभोक्ता समितिले जनाएको छ ।
यो यन्त्र बाँदर धपाउन प्रभावकारी भएमा थप अरू पनि यन्त्रहरू मगाउने जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्