तपाईँ सुन्दै हुनुहुन्छः

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु 

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाको भण्डारामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको  मृत्यु भएको छ । मृत्यु हुनेमा मनही गाउँपालिकाका ७ का २५ वर्षीय रोशन भुलन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सोमबार राती ११ बजे राप्ती नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकमा पूर्वबाट आउँदै गरेको ना.४ ख. ६७२८ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको ना.२७ प. ३९०६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चालक भुलनको  आज बिहान ६ बजे उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button