नेकपा सचिवालय बैठक बालुवाटारमै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न बस्दै छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएको छ । यस अघि पार्टी कार्यलय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमै बस्न लागेको नेकपा सचिवालय स्रोतले बतायो ।
बैठक दिउँसो १ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा छलफल हुने नेकपाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्