‘रोग र भोकले नागरिकको ज्यान जादैन’

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ । दिपायल सिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागिएको ५० श्ययाको सरुवा रोग अस्पतालको आज शिलान्यास गर्दै उहाँले उपचारको अभावमा नागरिकले अकालबाट ज्यान गुमाउनु पर्दैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “रोग र भोकले नागरिकको ज्यान जान दिने छैनौँ, स्वास्थ्य सेवाको पहुँच घर घरमा पु¥याउँछौँ ।”
पचास श्ययाको अस्पतालले नागरिकले कम खर्चमा गुतस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू आशावादी रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । “अस्पताल निर्माणमा सबैले सहयोग गरौँ, सबै नागरिकले नजिक सेवा पाउनेछन्, यो भन्दा ठूलो खुशीको कुरो के नै छ र”, उहाँले भन्नुभयो, “विकास भन्ने कुरो क्रमिकरुपमा हुँने हो, ढिलो भयो भनेर आत्तिनु पर्दैन ।” विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरीएको उक्त ठाउँमा अस्पताल शिलान्यस गरिएको हो ।
उहाँले भन्नुभयो, “कम्युनिष्ट सरकार पाँच वर्ष चल्छ, यो चोइटिने, फुट्ने भन्ने कुनै सम्भावना छैन, कसैले फुटाउने सपना देखेको भए त्यो दिवा सपना मात्रै हो ।”
अस्पताल शिलान्यास भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । जिल्लाका अन्य स्थानीय तहमा १०÷१० श्ययाका आठ वटा अस्पताल एकैसाथ शिलान्यास गरिएका छन् । शिखर नगरपालिकामा नगरप्रमुख सीताराम जोशी, बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिला, जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा, पूर्वीचौँकी गााउँपालिकामा अध्यक्ष दीर्घराज बोगटी, बडीकेदार गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर चन्द, सायल गाउँपालिकामा अध्यक्ष तेजबहादुर डुम्रेल तथा केआइसिंह गाउँपालिकामा अध्यक्ष लोकेन्द्रबहादुर शाहीले ती अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको हो ।
सरकारले देशभरिका ३९६ अस्पतालको एकैसाथ उद्घाटनको तयारी गरेसँगै जिल्लामा पनि आठ अस्पताल एकैसाथ उद्घाटन गरिएका हुन् ।
बैतडीः सात स्थानीय तहमा अस्पताल निर्माण हुने
बैतडी–नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ श्ययाको अस्पतालको शिलान्यास गरिएको हो । यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १०÷१० श्ययाको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकामा निर्माण हुने अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट र गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो,“स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यो हकलाई प्रत्याभूत गर्न तिनै तहका सरकार लागिपरेका छन्”, स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रत्याभूतका लागि सरकारकोतर्फबाट पहल भइरहेकोछ”, उहाँले भन्नुभयो, “पालिकास्तरमा स्थापना भएका अस्पतालले स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग पुग्नेछ, सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’का रुपमा पनि लिएको छ ।” यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो ।
पालिकास्तरमा बन्ने अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । सङ्घीय सरकारले १५ श्ययाको अस्पतालका लागि एक करोड र १० श्ययाको अस्पतालका लागि रु ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्