भरतपुर विमानस्थलको विस्तार अपरिहार्यः मन्त्री भट्टराई
चितवन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेसकुमार भट्टराईले मध्य नेपालको सम्भावना र यस क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउन भरतपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताउनुभएको छ ।
आइतबार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उहाँले भरतपुर विमानस्थल विस्तारको काम सुरु भइसकेको जानकारी दिनुहुँदै सम्पन्न गर्न आइपर्ने असजिला तथा अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्ने बताउनुभयो ।
अब निर्माण गर्न आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने उहांँको भनाई थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थललाई रात्रिकालिन उडानसहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको विस्तार गर्न चाहेको बताउनुभयो ।
कार्यक्रममा नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, हवाइ इन्जिनियरिङ्ग विभागका निर्देशक प्रदिप अधिकारी, कालिबहादुर गणका गणपति विज्ञानदेब खनाल लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्