तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई जागृत गराउन सांसदहरुको भुमिका प्रभावकारीः अध्यक्ष तिमल्सिना

file photo

विराटनगर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले कोभिड–१९ को न्यूनिकरण एंव रोकथामका लागी जनतालाई जागृत गराउन सांसदहरुको भुमिका प्रभावकारी हुने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय सभाद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यो रोगको उपचार प्रविधि नरहेकाले कोभिडबाट बच्न जनता आफैं सजग र सचेत हुनुपर्ने वताउनुभयो ।

यो रोग विश्वयुद्ध भन्दा खतरनाक रहेकोले विश्व स्वास्थ्य संंघको मापदण्डलाई पालना गरी मानवीय जीवन र आर्थिक कार्य चलायन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम एवं उपचारका लागि व्यवस्थित योजनाका साथ प्रदेश सरकारले कार्य गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले कोरोना कहिले नियन्त्रणमा आउँछ भन्ने निश्चित नभएकाले यसबाट आफू, आफ्नो परिवार, समाजलाई बचाउन, स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश सरकारले सङ्क्रमित जनतालाई सहज र गुणस्तरीय उपचार प्रदान गर्न सचेत र सजग भइ थप आइसोलेसन निर्माण कार्य गरिरहेको बताउनुभयो ।

प्रदेश नं १ का सामाजिक मन्त्री जीवन घिमिरेले सङ्क्रमितको उपचारका लागि सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा विराटनगर, धरान तथा झापा जिल्लामा उच्च सुविधा सहितको कोभिड अस्पताल निर्माण भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button