पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतवार पाल्पामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका तथा अस्पताल, माथागढी गाउँपालिका, पूबखोला गाउँपालिकाका, रम्भा गाउँपालिका, रामपुर नगरपालिका तथा अस्पतालका १/१ जना, बगनासकाली गाउँपालिकाका २ जना र रैनादेबी छहरा गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा ८ जना पुरुष र ३ जना महिला रहेका छन ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५८ पुगेको छ भने १ हजार ३ सय ४ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण २२ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्