तपाईँ सुन्दै हुनुहुन्छः

बारामा एकै पटक ११ वटा अस्पतालको शिलान्यास हुँदै

बारा । बाराको विभिन्न स्थानीय तहहरूमा भोलि एकै पटक ११ वटा अस्पतालको  शिलान्यास हुने भएको छ ।
सङ्घीय सरकारले ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि मङ्सिर १५ गते भवन शिलान्यास गर्न भनेपछि बाराका स्थानीय तहहरूमा अस्पतालको शिलान्यासको हुने भएको हो ।
बाराको करैयामाई गाउँपालिका अन्तर्गत हरैया स्वास्थ्य चौकी, देवताल गाउँपालिका अन्तर्गत पिप्राढी स्वास्थ्य चौकी, प्रसौनी गाउँपालिका अन्तर्गत प्रसौनी स्वास्थ्य चौकी, विश्रामपुर गाउँपालिका अन्तर्गत विश्रामपुर स्वास्थ्य चौकी रहेका छन् ।
त्यसै गरी बाराको निजगढ, कोल्हबी नगरपालिका तथा फेटा र सुवर्णपुर गाउँपालिकामा समेत अस्पताल भवन निर्माणको काम शिलान्यास गरिने बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले ती गाउँपालिका र नगरपालिकाहरुलाई कात्तिक २५ गते नै पत्राचार गरी स्वास्थ्य संस्था स्तरोन्नति गर्न बजेट नक्साको नमुनालगायत आवश्यक नीति निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button