तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल सरकार परिवर्तन हुँदैन : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । उहाँले तत्काल मन्त्रीमण्डल पुनर्गठनको सम्भावनासमेत नरहेको बताउनु भएको हो ।

आज शुक्रवार पाँचथरको फिदिममा प्रेस सङ्गठन नेपाल पाँचथरद्वारा आयोजित  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले प्रधानमन्त्रीलाई आवश्यक लागेमा केही समय पछि मन्त्रीमण्डल परिवर्तन हुन सक्ने भन्दै तत्काल त्यो सम्भावना नरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button