राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिने : अर्थमन्त्री पौडेल

रुपन्देही । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभएको छ ।
सरकारले तय गरेका योजना समयमै पूरा गर्नका लागि आफ्नो मन्त्रालयले विशेष योजना बनाएको उहाँले बताउनुभयो ।
आज रुपन्देहीको बुटवलमा आयोजित कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा दैनिक पत्र दैनिकले आयोजना गरेको अन्तर संवादमा उहाँले यस्तो बताउनुभएको हो ।
कोभिडका कारण सङ्कटमा परेको राष्ट्रिय अर्थतन्त्रलाई बिस्तारै लयमा फर्काउन सरकार सफल भएको उहाँले बताउनुभयो । निजी क्षेत्रको सहकार्यमा आर्थिक विकासलाई चलायमान बनाउन सकिने योजना मन्त्रालय र सरकारले योजना बनाएको उहाँले सुझाउनुभयो ।
“बजेटको सुनिश्चितता म गराउँछु । तपाईँहरूले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् ।” निजी क्षेत्रका प्रतिनिधिहरूलाई सङ्केत गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो ।
राष्ट्रिय सङ्कटका समयमा मिडियाले दिएको सकारात्मक अभियानले सबैलाई सहयोग पुराउने अर्थमन्त्री पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्