‘भूकम्पबाट क्षति पुगेको सांस्कृतिक तथा धार्मिक सम्पदाको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गरिने’

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भूकम्पबाट क्षति पुगेको सांस्कृतिक तथा धार्मिक सम्पदाहरू दुई बर्ष भित्रमा पुनर्निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।
आज नारायणहिटी नजिकै रहेको चतुव्यूह नारायण मन्दिर प्रवेशद्वार उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएको एक हजार सम्पदा मध्ये ५ सयभन्दा बढी निर्माण सम्पन्न भएको बताउँदै आउँदो दुर्ई बर्ष भित्रमा सबै पुनर्निर्माण गरी सक्ने बताउनुभएको हो ।
मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाई स्कुल, पाटन, पशुपति क्षेत्रलगायतका अधिकांश क्षेत्रको पुनर्निर्माण सम्पन्न भएको बताउनुहुँदै २२ तले धरहराको पुनर्निर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिनुभयो ।
मन्त्री भट्टराईले सांस्कृतिक तथा धार्मिक सम्पदाहरू मानव सभ्यताको प्रतीक भएको बताउनुहुँदै संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांस्कृतिक तथा धार्मिक मन्दिर, गुम्बा चैत्यहरूको संरक्षण सरकारले गर्ने बताउनुहुँदै विभिन्न काल खण्डको इतिहास संरक्षण गर्दै युग युगसम्म बचाउनु पर्ने दायित्व सरकार हो भन्नुभयो ।
उहाँले इतिहासमा के–कस्तो काम भएको थिए लिच्छबिकालमा कस्तो थियो मल्लकालमा कस्तो थियो सो सबै भावी पुस्ता हेर्न तथा अध्ययन गर्न सक्ने गरी संरक्षण गर्न सरकारको दायित्व भएको बताउनुहुँदै सो संरक्षणमा सरकार लागि परेको बताउनुभयो ।
उहाँले काठमाडौँलाई धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गर्ने बताउनुभयो । काठमाडौँ उपत्यका मन्दिरै मन्दिर भएको ठाउँ तथा र विश्व सम्पदा सूचीमा सूचीकृत धेरै धार्मिक स्थल रहेकोले पर्यटक घुम्न लागि महत्त्वपूर्ण हुने हुनाले सर्किट रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले काठमाडौँको नाग पोखरीमा आसपासमा रहेको ७ बटा एक सय वर्षभन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गर्नुभएको छ ।
उहाँले पशुपतिदेखि नारायणहिटी दरबार सम्मका विभिन्न पुरातात्त्विक सांस्कृतिक सम्पदाहरूको एउटै प्याकेज बनाएर संरक्षण गर्न मन्त्री भट्टराईसँग अनुरोध समेत गर्नुभयो ।
पूर्व रक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवि कालिन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गर्न माग गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्