प्रदेश सांसद मनाङ्गेकी श्रीमती हेटौंडामा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) दिपक मनाङ्गेकी श्रीमती दिक्छेनलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार उहाँलाई हेटौंडाबाट पक्राउ गरेकोे हो ।
गण्डकीे प्रदेश सांसद दिपक मनाङ्गेकी श्रीमतीलाई कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले देशभर ब्यापक खोजी गर्दा हेटौंडाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
लामो समयदेखि हेटौंडा उपमहानगरपालिका–१२ स्थित माइतीघरमा बस्दै आउनुभएकी उहाँलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो । चोरी मुद्धामा फरार भएकी सांसद मनाङ्गकीे श्रीमतीलाई हेटौंडाबाट पक्राउ गरेर कास्की जिल्ला अदालतमा उपस्थिति गराउन पठाइएको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्