तपाईँ सुन्दै हुनुहुन्छः

१५ गते ३९६ पालिकामा १५/१५ शैयाका अस्पतालको शिलन्यास हुने

काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर १५ गते ३९६ वटा पालिकामा १५–१५ शैयाको अस्पतालको शिलन्यास गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकाहरू मध्ये ३ सय ९६ वटा पालिकामा यही १५ गते अस्पताल शिलन्यास गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता प्रा.डा.गौतमले बाँकी पालिकाहरूमा समेत ५–५ शैयाका अस्थायी अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रति पालिका १० लाख रूपैयाँका दरले रकम पठाई सकेको हुँदा तत्काल अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सम्वन्धित पालिकाहरूलाई आग्रह गर्नुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले सबै पालिकाहरूमा अस्पताल निर्माण गर्ने सरकारको बहुवर्षीय योजना भएको हुँदा हाल विनियोजित रकम बाट अस्पतालको शिलान्यास गरी निर्माण कार्य अगाडि बढाउँदै गर्न आग्रह गर्नुभयो ।

अस्पताल निर्माणका लागि नपुग हुने रकम सरकारले आगामी वर्षको बजेटबाट उपलब्ध गराउने प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button