अछाममा थप ७ जनामा कोरोना संक्रमण
अछाम । अछाम जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर परिक्षण प्रयोगशलामा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ जना महिला र ६ जना पुरुष गरी ७ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
बुधबार जम्मा ४३ जनाको परिक्षण गरिएकोमा ७ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको कमलबजार पिसिआर परिक्षण प्रयोगशालाका सुचना अधिकारी बिष्टले बताउनु भयो ।
सुचना अधिकारी बिष्टका अनुसार कमलबजार प्रयोगशालामा हालसम्म १८ सय ५४ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय १४ जनामा संक्रमण देखिएको छ । यस्तै पुन परिक्षण गरिएका ४२ जना मध्ये १५ जनाको दोश्रो पटक समेत पोजेटिभ देखिएको छ ।
२ जना थप भएसंगै अछाममा कोरोना संक्रमितको संख्या ११ सय ६४ जना पुगेको छ । जसमध्ये ११ सय ४० जना निको भई घर फर्केका र ४ जनाको मृत्यु भएको छ । अब जिल्लामा सक्रिय संक्रमितको संख्या २० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्