सप्तरीमा संस्थागत आइसोलेसन भन्दा बढी संक्रमित होम आइसोलेसनमा

सप्तरी। सप्तरीमा संस्थागत आइसोलेसन भन्दा सात गुणा बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् ।सरकारले संक्रमितको इच्छा अनुसार आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर होम आइसोलेसनमा बस्ने पाउने अधिकार सुनिश्चित गरेपछि होम आइसोलेसनमा बस्नेको संख्या ह्वात्तै बढेको छ ।
जिल्लामा कूला १४६ संक्रमित आइसोलेसनमा रहेका छन । तीमध्ये २१ जना मात्र विभिन्न संस्थागत आइसोलेसनमा र १२५ जना होम आइसोलेनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
जिल्लाको राजविराज स्थित साई कृष्ण मेडिकल भवनको आइसोलेसन केन्द्रमा चार, कञ्चनरुप नगरपालिकाको आइसोलेसनमा सात र खडक नगरपालिकाको आइसोलेसनमा दश गरी २१ जना संस्थागत आइसोलेसनमा भर्ना रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म कुल संक्रमित एक हजार ७५५ मध्ये एक हजार ५७३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । संक्रमितमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्