तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा दुईको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सिद्वार्थ राजमार्ग सडकखण्डमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकाश चौधरी र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २० वर्षीय हरि गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएको दुवै जनाको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button