जीप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो
बैतडी । बैतडीका ग्रामीण सडकमा जीप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
जिल्लाका ग्रामीण कच्ची सडकमा सञ्चालित जीप व्यवशायीले मनोमानी भाडा असुल्न थालेका हुन् । जीप व्यवशायीले मनोमानी भाडा असुल्न थालेपछि यात्रुहरु मारमा परेका छन् ।
जिल्लाको सतबाँझदेखि सन्सेरीमाडौंसम्म १४ किलोमिटरको भाडा ३ सय देखि ४ सय रुपैंया असुल्ने गरेका सुर्नया गाउँपालिका ४ का प्रेमप्रकाश भट्टले बताउनुभयो । यसअघि १५० रुपैयाँ भाडा भएपनि हाल ४ सय रुपैंयासम्म लिने गरेका उहाँले बताउनुभयो । मनोमानी रुपमा भाडा असुली गरिरहेका भएपनि सम्बन्धित निकाय भने मौन रहेको उहाँको भनाई छ ।
यता महाकाली बहुउद्देश्यिय यातायात प्रालिका दुर्घटना इञ्चार्ज कर्ण बहादुर पाण्डेय काजीले भने उक्त सडकमा जीप सञ्चालन गर्न रुट परमीट नभएको बताउनुभयो ।
ग्रामीण कच्ची सडकमा चर्को रुपमा भाडा असुलेको बारेमा अनुगमन गरिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो । संयुक्त रुपमा अनुगमन गर्ने र तोकिएको भन्दा बढी भाडा असुलेको पाइएमा कारवाही हुने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्