दुर्लभ संरक्षित वन्यजन्तु चितुवाको छालासहित चार जना पक्राउ

रुपन्देही । रुपन्देहीमा दुर्लभ संरक्षित बन्यजन्तु चितुवाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट उनीहरु छालासहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा गुल्मीको दरबार गाउंपालिका वडा नं. ४ को २२ वर्षीय बिमलमगर, २४ वर्षीय संजिव पेमी, १८ वर्षीय विशाल रानामगर र बुटवल–७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले पक्राउ परेकामाथि थप अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्