धोबी खोला करिडोरमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले धोबी खोला करिडोरमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न काठामाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
धोबिखोला करिडोरको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री श्रेष्ठले बाटोमा रहेका खाल्डाखुल्डी पुर्न र प्रभावकारी फुटपाथको व्यवस्थापन गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको हो ।
मन्त्री श्रेष्ठले अण्डर पास नहुँदा आवतजावत र ट्राफिक व्यवस्थापनमा समस्या देखिएकोले बिजुली बजार नजिक रहेको आर्क ब्रिज पुलको अण्डरपास खुलाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले एक हप्ता भित्रमा करिडोरमा रहेका सबै खाल्डाखुल्डी पुर्ने र आगामी आर्थिक वर्षमा धोबी खोला करिडोरको सम्पूर्ण काम सक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्