बाँकेमा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु

नेपालगञ्ज। बाँकेमा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । बाँकेका ३७ जना र जिल्ला बाहिरका ४४ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेका अस्पतालहरुमा उपचारका लागि गएका दाङका १८ जना, बर्दियाका ८ जना, कैलाली र कञ्चनपुरका ४/४ जना, सुर्खेतका ३, दैलेख र अछामका २/२ जना तथा अर्घाखाँची, रुकुम पश्चिम र रोल्पाका १/१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।
बाँकेका मृत्यु भएका मध्ये सबैभन्दा धेरै नेपालगञ्जका २४ जना छन् । त्यस्तै कोहलपुरका ७ जना, खजुराका २ जना तथा राप्तीसोनारी, नरैनापुर, बैजनाथ र जानकीका १/१ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्